मंगलबार, माघ २७, २०८२

सर्वोच्च अदालतले माग्यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण

मेरोन्यूज २०८० मंसिर ८ गते १७:३८

काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।

सर्वोच्चले दुवै पक्षलाई छलफल को लागि बोलाउने आदेश समेत दिएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गत मंसिर ५ गते माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो।

शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको हक कुण्ठित हुने गरी माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गर्नु गलत रहेको भन्दै अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया