बर्दियामा गएराति आगलागी हुँदा चार जनाको मृत्यु
मेरोन्यूज
२०८० मंसिर ९ गते ६:४७

बर्दिया । बर्दियाको गुलरियामा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।
गुलरिया- ४ तुलापुरको एक घरमा राति १० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
आगलागीमा परेर मृत्यु हुनेमा ३२ वर्षकी राधा बुढा, १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द र १० वर्षका मानसिं बुढा रहेका छन् । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।
२८ वर्षकी करिष्मा चन्द गम्भीर घाइते भएकी छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
आगलागीको कारण खुलेको छैन। मृतक चारै जनाको शव अहिले पनि घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
सम्बन्धित
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया