चितवनमा चार महिनामा १६७ वटा घरेलु हिंसाका घटना

चितवन । जिल्लामा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा चालु आर्थिक वर्षको कात्तिकसम्ममा सो सङ्ख्यामा निवेदन दर्ता भएका हुन । दर्ता भएका निवेदनमध्ये खान लाउन नदिएकोसम्बन्धी ४५ वटा, कुटपिटसम्बन्धी ७० वटा र गाली बेइज्जतीसम्बन्धी ५२ वटा छन् ।
कूल निवेदनमध्ये एक सय २८ वटा मिलापत्र भएका छन् । साथै २२ वटा अदालती प्रक्रियामा गएका छन् भने १७ वटा छलफलका क्रममा रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चार सय ४३ घरेलु हिंसाका निवेदन दर्ता भएका थिए ।
आर्थिक वर्ष २०७९/८० मा यो सङ्ख्या तीन सय ९५ थियो । निवेदनमध्ये सबैभन्दा धेरै कुटपिटसम्बन्धी उजुरीरहेको उनले जानकारी दिए ।
यस्तै कार्यालयको तथ्याङ्कअनुसार चालु आवको कात्तिकसम्ममा १६ वटा जबरर्जस्ती करणीका उजुरी दर्ता भएका छन् ।
यस्तै दुई वटा जबरर्जस्ती करणी उद्योगसम्बन्धी, १३ वटा बालयौन दुव्र्यवहारसम्बन्धी, एउटा अप्राकृतिक मैथुनसम्बन्धी, चार वटा बहुविवाह र एउटा बालबिबाहसम्बन्धी उजुरी दर्ता भएका छन् ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया