अनलाईन मार्फत ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । सामाजिक संञ्जाल फेस बुकको प्रयोग गरी टर्किको नागरिक भएको बताउदै घडि, जुत्ता सुनका गरगहनाहरु, मेकअपको सामानहरु सहितको लगेज पठाएको भनि १ लाख ३५ हजार रकम विभिन्न व्यक्तीको नाममा जम्मा गर्न लगाई ठगी गर्ने नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरी साविक धरमपुर गा.वि.स. वडा नं. ४ परिवर्तित कञ्चनरूप न.पा. वडा नं. ९ घर भई ललितपुर महालक्ष्मी न।पा। वडा नं। ३ ईमाडोल बस्ने बर्ष २७ की सुजता चौधरी रहेका छन् । उनलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा पठाईएको छ ।
सुजता चौधरीले पिडितलाई कुरियर मार्फत सामान पठाएको सामानको फोटो समेत पठाई कुरियारको मान्छेले सम्पर्क गर्छ भनी म्यासेज पठाएका थिए ।
त्यसपछि काठमाण्डौंको एयरपोर्टमा सामान आईपुगेकाले कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता बिभिन्न प्रयोजनमा रकम तिर्नुपर्ने बताएपछि पिडितले बिभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खातामा रकम जम्मा गरिदिएका थिए ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया