श्रीमान् श्रीमतीको झगडाले लियो श्रीमान्को ज्यान

काठमाडौँ । दैलेखमा श्रीमतीले खाना पकाउने कसौँडीले प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ।
जिल्लाको नौमुले गाउँपालिका–४ कालिका गाउँकी ३५ वर्षीया सीता योगीले खाना पकाउने कसौँडीले हिर्काउदा ३८ वर्षीय श्रीमान भीमबहादुर योगीको ज्यान गएको हो ।
मंसिर ९ गते (शनिबार) रातिको घटना भए पनि प्रहरीलाई आइतबार मात्रै खबर प्राप्त भएको थियो।
प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी दिए अनुसार विवादहुँदा भीमबहादुरले श्रीमती सीता माथि हात छोडेपछि ढिँडो पकाएको कसौँडीले हानेर श्रीमान् भिमबहादुरलाई घाइते बनाएकी थिइन्। त्यसपछि पनि श्रीमान भीमबहादुरलाई सीताले दाउराले टाँउकोमा हानेको पाइएको छ।
सीताले प्रहरीसमक्ष बयान दिँदा भनेकी छन्, ‘साँझ श्रीमान–श्रीमतिबीच झगडा भएको थियो। उहाँ (श्रीमान) राती भएकोले सुत्नु भएको होला भने बिहान हेर्दा त मृत्यु भएको रहेछ,’।
अत्याधिक रगत बगेर श्रीमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
लम्सालले भने, ‘घरमा उहाँहरुबीच पहिला पनि सामान्य झगडा हुने रहेछ। उहाँको घरमा दुई सन्तान रहेछन्। त्यो दिन जेठो छोरा मामा घरमा रहेछन्। सानो छोरो आमा–बुवाबीच झगडा परेको थाहा पाएपछि डरले घरबाट बाहिर निस्केका रहेछन्।’
आइतबार मृतक भीमबहादुरको शव दैलेख अस्पताल पुर्याएर पोष्टर्माटका लागि राखिएको र सीतालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ। सीताको मुखभरी निलडाम रहेको प्रहरीले बताएको छ ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया