मकवानपुरमा नियन्त्रणमा लिइएको बाघ चितवन ल्याइयो

भरतपुर । मानिसलाई आक्रमण गरी ज्यान लिने नरभक्षी बाघलाई मकवानपुरबाट नियन्त्रणमा लिएर चितवन ल्याइएको छ । दुई जनालाई आक्रमण गरेर ज्यान लिएको बाघलाई आइतबार राति ९ः४० बजे डार्ट गरी नियन्त्रणमा लिइएको हो ।
मकवानपुरको मनहरि गाउँपालिका–६ बाट अन्दाजी १० वर्षको पोथी बाघ नियन्त्रणमा लिएर कसरा ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । बाघको आक्रमणबाट शुक्रबार र आइतबार दुई जनाको मृत्यु भएको थियो ।
बाघ नियन्त्रणमा लिनका लागि चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, हात्तीसारका कर्मचारी र हात्ती, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्राविधिक लोथर मध्यवर्ती उपभोक्ता समितिका प्रतिनिधि र जनप्रतिनिधि खटिएका थिए ।
उक्त बाघले गएको शुक्रबार राप्ति र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तर्गत दोभानमा चितवनको राप्ती नगरपालिका–१, दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई आक्रमण गरी ज्यान लिएको थियो । बाघ खोज्दै जाने क्रममा उक्त स्थानबाट पहिचान खुल्न नसकेको एक पुरुषको समेत शव फेला परेको छ ।
कसरा ल्याइएको बाघलाई राख्ने ठाउँ यकीन भइनसकेको तिवारीले बताए । “बाघले सबै खोर भरिएका छन्”, उनले भने, “अन्य ठाउँमा समन्वय भइरहेको छ, जहाँ खाली हुन्छ त्यहाँ राख्छौँ ।” कसरामा चार र सौराहामा विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका दुई बाघ राखिएको छ । यहाँ बाघ राख्ने ठाउँ नभएपछि यसअघि नियन्त्रणमा लिएका तीन बाघलाई पर्सा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको थियो । नेपालमा रहेका तीन सय ५५ बाघमध्ये चितवनमा मात्रै एक सय २८ वटा छन् ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया