माओवादी केन्द्रले सार्वजनिक गर्यो पार्टीको वेबसाइट

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीको वेबसाइट सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वेबसाइट सार्वजनिक गरेका हुन्। माओवादीको वेबसाइट https://www.cpnmc.org/ रहेको छ ।
पार्टीको प्रचारको शैलीलाई आधुनिक ढंगबाट अघि बढाउनका लागि वेबसाइट निर्माण गरिएको माओवादी केन्द्रले जनाएको छ।
सार्वजनिक कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले समय अनुसार युगको अवस्था पनि फेरिँदै गएको कारणले डिजिटल उपयोग गरेर जाने प्रवृत्ति बढ्दै गएको उल्लेख गरे।
प्रचण्डले सोसल मिडियाले एउटा भिलेनलाई हिरो र हिरोलाई भिलेन बनाउन पनि राम्रो सँग प्रयोग हुन सकेको भन्दै सचेत प्रयोगबाट हिरोलाई हिरो नै बनाउन लाग्नुपर्ने बताए ।
असली हिरो भनेको इतिहास निर्माण गर्ने जनता नै भएको भन्दै प्रधानमन्त्रीले कुनै अलौकिक वा कुनै प्रचारबाट तथाकथित हिरो बनाइएका मान्छे हिरो नभएको बताए ।
लामो समय विचार, दर्शनमा काम गरेका, राजनीतिमा काम गरेका पार्टी, नेताहरुमाथी ‘नेगेटिभ न्यारेटिभ’ बनाउने कोसिस भएको भन्दै प्रधानमन्त्रीले जसको केही छैन उनीहरुलाई हिरो बनाउन खोज्ने र समाजमा नकारात्मकता फैलाउन चाहनेहरुबाट सधै जोगिनुपर्ने बताए ।
उनले अहिलेको प्रविधिको विकासमा खर्च गर्न पार्टी चुकेको भन्दै अब त्यसमा पार्टी गम्भिर भएर लाग्ने पनि बताए ।

















विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
प्रधानन्यायाधीश सिफारिस प्रति सपना प्रधान मल्लले सार्वजनिक मञ्चबाटै जनाइन् असन्तुष्टी
इरानी जहाजमा अमेरिकी आक्रमण, ६ जना घाइते ६ वेपत्ता
चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया