मंगलवार देशभरको मौसम कस्ताे रहला ?
मेरोन्यूज
२०८० मंसिर १२ गते ८:४३

काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभाव नेपालमा परिरहेको छ । जसका कारण देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको छ ।
काठमाडौं उपत्यकामा बदलीका कारण बिहान चिसो बढेको भए पनि दिउँसोबाट घाम लाग्ने माहाशाखाले जनाएको छ ।
कोशी प्रदेशमा दिउँसोभरि नै बदलीको अवस्था रहने छ। मधेस प्रदेशमा दिउँसोबाट सुधारको हुने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको बादल दिउँसोबाट सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै ‘कोशी, कर्णाली, सुदूरपश्चिमका पहाडी भेग हिमाली भूभागमा हिमापातको सम्भावना देखिएको छ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया