मंगलवार देशभरको मौसम कस्ताे रहला ?
मेरोन्यूज
२०८० मंसिर १२ गते ८:४३

काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभाव नेपालमा परिरहेको छ । जसका कारण देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको छ ।
काठमाडौं उपत्यकामा बदलीका कारण बिहान चिसो बढेको भए पनि दिउँसोबाट घाम लाग्ने माहाशाखाले जनाएको छ ।
कोशी प्रदेशमा दिउँसोभरि नै बदलीको अवस्था रहने छ। मधेस प्रदेशमा दिउँसोबाट सुधारको हुने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको बादल दिउँसोबाट सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै ‘कोशी, कर्णाली, सुदूरपश्चिमका पहाडी भेग हिमाली भूभागमा हिमापातको सम्भावना देखिएको छ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
प्रतिक्रिया