नामिबिया टी-२० विश्वकपमा छनाेट

काठमाडौँ । नामिबिया २०२४ को टी- २० विश्वकपका लागि छनौट भएको छ । मंगलबार नामिबियाले तान्जानियालाई ५८ रनले पराजित गर्दै २०२४ को टी- २० विश्वकपका लागि अफ्रिकी छनौटबाट आफ्नो स्थान सुरक्षित गरेको हो ।
नामिबियाका विश्वकप छनौटमा यो लगातार पाँचौं जित हो । ५ जितमा १० अंक हासिल गरेको नामिबिया शिर्ष स्थानमा रहेको छ र अब छनौट अन्तर्गत एक खेल खेल्न बाँकी रहदै विश्वकपका लागि स्थान पक्का गरेको छ ।
नामिबियाले अब विहिबार नाइजेरियासँग खेल्ने तालिका रहेको छ ।
त्यस्तै अब अफ्रीका क्षेत्रबाट अर्को एक स्थानका लागि युगाण्डा, केन्या र जिम्बाबे प्रतिष्पर्धामा रहेका छन् । युगाण्डा र केन्याको ४-४ खेलमा ६-६ अंक रहेको छ र दुवैको सम्भावना उत्तिकै रहेको छ । अहिले रनरेटको आधारमा युगाण्डा दोस्रो र
केन्य तेस्रो स्थानमा रहेका छन् । त्यस्तै जिम्बाबेको ४ खेलमा ४ अंक रहेको छ र विश्वकप छनौटको सम्भावना कायमै रहेको छ ।
फ्रीका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिष्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवाण्डा र तान्जानिया सहभागी रहेका छन् ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया