भारतमा १७ दिनदेखि सुरुङभित्र फसेका ४१ मजदुरको सकुशल उद्दार

काठमाडौं । भारतको उत्तर काशीस्थित निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरको सकुशल उद्दार गरिएको छ । १७ औं दिनदेखि सुरुङमा फसेका उनीहरुको आज साँझ सकुशल उद्दार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार मंगलबार साँझ सबै मजदुरलाई सकुशल बाहिर निकालिएको छ । १२ नोभेम्बरमा सुरुङको एउटा भाग खसेपछि ४१ जना मजदुर सुरुङभित्रै थुनिएका थिए । उनीहरुका लागि स्टिल पाइपबाट खाना र पानी पुर्याइएको थियो ।
त्यसपछि ८०० एमएमको स्टिल पाइप राखेर मजदुरहरुको उद्दार गर्ने प्रयास भएको थियो । त्यसक्रममा करिव ४५ मिटरसम्म स्टिल पाइप राखेपछि अवरोध आएको थियो । समाचारमा जनाएअनुसार २४ नोभेम्बरमा म्यानुअल ड्रिलिङ सुरु गरिएको थियो र मंगलबार सबैको उद्दार भयो ।
बाहिर निकालिएका मजदुरलाई मुख्यमन्त्री पुष्कर सिंह धामीले भेट गरेका छन्।
उनीहरूलाई एम्बुलेन्सबाट सिधै चिनयालीसौरको स्वास्थ्य केन्द्रमा लान लागिएको छ। त्यहाँ सरकारी चिकित्सकको निगरानीमा उपचार हुने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
















टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
प्रतिक्रिया