छायाँ सरकार घोषणा गर्ने दुर्गा प्रसाईंको तयारी
आफ्नै नेतृत्वमा मंसिर ३० मा सरकार घोषणा गर्ने, त्यस्तो सरकारलाई नागरिक सरकारको नाम दिने

काठमाडौं । राजावादी अभियान्त तथा मेडिकल ब्यवसायी दुर्गा प्रसाईंले सडकबाट अब आफ्नै नेतृत्वमा छायाँ सरकार घोषणा गर्ने तयारी थालेका छन् ।
पहिले युद्दकालमा तत्कालिन माओवादीले जनसरकार, एमाले र माओवादी केन्द्रको २०७४ को चुनावपछि बनेको नेकपाको सरकारका बेला कांग्रेसले बनाएको छायाँ सरकार जस्तै राजावादी अभियानमा हिडेका दुर्गा प्रसाईले भने सडकबाटै नागरिक सरकार नाम दिएर आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने तयारी थालेका हुन् ।
प्रसाईंले त्यस्तो सरकार मंसिर ३० मा घोषणा गर्ने तयारी गरेका छन् । उनले आफ्नै नेतृत्वमा सरकार घोषणाको तयारी गरेका हुन् । उनले आफुलाई सडकबाट नागरिक सरकारको प्रधानमन्त्री घोषणा गर्न खोजेका हुन् ।
‘नागरिक सरकार’ले पुराना दलहरूको विरुद्धमा कार्यक्रम केन्द्रित गर्ने छ।
उनले सरकारका मन्त्रालयले गरेका गतिविधिमा पनि प्रहार गर्ने र पूराना दलहरुको गतिवधिमा प्रहर गर्ने नीति अनुसार छायाँ सरकार घोषणा तयारी गरेका हुन् ।
यधपी उनको यो कदमलाई राजावादीहरुले के कसरी लिन्छन् भन्ने खुलिसकेको छैन । उनले घोषणा गर्ने छायाँ सरकारको नेतृत्वमा उनी रहेपनि अन्यमा को को रहने भन्ने भने टुंग्गो लागिसकेको छैन । उनी यसबारेमा आफुनिकटसँग परामर्शमा जुटेका छन् ।
मंसिर ७ देखि काठमाडौं केन्द्रीत आन्दोलन गरेका प्रसाईंले अब भने आन्दोलनको स्वरुप पनि फेर्न खोजेका छन् । उनले अब आन्दोलन गाँउ, जिल्लातिर केन्द्रीत गर्ने गरि विकेन्द्रीत बनाउन खोजेका छन् ।










प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
Nepal enters semifinals of Blind Women’s Cricket Tournament
जलवायु न्यायको लागि विश्वव्यापी प्रदर्शन
सरकारलाई मानवअधिकार आयोगको आग्रह- हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुनू
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया