सुपर लिगमा चितवनको पहिलो जित

काठमाडौँ । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा चितवनले वीरगञ्ज युनाइटेड एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
चितवनको जितमा विमल घर्तीमगर र टोरिक जेब्रीनले समान एक–एक गोल गरे । त्यस्तै वीरगञ्जका लागि भने आइकिन्स बाफुरले एक गोल फर्काए । खेलको २८औँ मिनेटमा विमलले गोल गर्दै चितवनलाई पहिलो अग्रता दिलाए ।
खेलको ५५औँ मिनेटमा वीरगञ्जका आइकिन्सले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ६८औं मिनेटमा चितवनले खेलमा पुनः अग्रता लियो । चितवनका टोरिकले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।
यससँगै चितवनले ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित चार अङ्क जोडेको छ । वीरगन्ज भने दुवै खेलमा पराजित हुँदै अङ्कविहीन रहेको छ ।
उक्त प्रतियोगितामा भोलि दुई खेल हुँदैछन् । जसमा पहिलो खेल १ बजे झापा एफसी र पोखरा थन्डर्स भिड्ने छन् । त्यस्तै दोस्रो खेल साँझ ५ः३० बजे धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् ।
















सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया