नेपाली कांग्रेसको प्रदेश सम्मेलन बुटवलमा आजदेखि सुरु

काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आज (शनिबार) देखि सुरु हुँदैछ।
बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने उक्त सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।
दुई दिनसम्म चल्ने सम्मेलनमा ६७५ जना प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापित अम्बरसिंह पुनले जानकारी दिइ । पुनका अनुसार सम्मेलनमा पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाव पेस गर्ने गरी छलफल हुने छ।
सम्मेलनलाई सभापति देउवासहित नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरू, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७५० बढी सम्मेलनमा सहभागी हुने जनाइएको छ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया