सिकलसेल निवारण कुण्डली मिलाएरमात्र विवाह गर्नू

दाङ । सिकलसेल एनिमिया वंशानुगत रोग हो । नेपालमा विशेषगरी थारू समुदायमा यो रोग देखिएको छ । गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ । यसै कारणले सिकलसेल पीडितलाई सधै सताउने गरेको पीडितको भनाइ छ ।
नियमित उपचार गरिरहे पनि सञ्चो नहुने भएकाले यो रोगको निवारण भनेको विवाह गर्दा ‘सिकलसेल कुण्डली’ मिलाउनु नै रहेको तुलसीपुर उपमहानगरका उपप्रमुख श्यामी चौधरीले बताए । थारू समुदायमा देखिएकाले यो रोग नयाँ पुस्तामा नसार्नका लागि विवाह गर्दा रोगी भएका व्यक्तिले अर्को रोगी भएका व्यक्तिसँग विवाह गर्न नहुने कुरामा सबैलाई सचेतना दिन आवश्यक रहेको उनको भनाइ थियो ।
“अहिले पनि सिकलसेल रोगी तथा वाहक (सिकलसेलको आधा देखिएको अवस्था) भएकाले अर्को रोगी तथा वाहक भएकासँग बिहे गर्दा सन्तानलाई पनि सताउने गरेको छ”, चौधरीले भने, “त्यसैले गाउँ–गाउँ र टोलटोलमा गएर यो विषयमा सचेतना दिनुपर्छ ।” यो रोगले थारू समुदायलाई निकै सताएको भन्दै अब पनि यो विषयमा सचेतना प्रदान गर्न नसकिएमा यसले थारू समुदायको अस्तित्व नै खतरा पार्न सक्ने भएकाले सबै तहका सरकारले चेतनामूलक कार्यक्रमलाई व्यापक बनाएर लैजानुपर्नेमा उनले जोड दिए ।
“रोगी पुरुषले रोगी महिलासँग विवाह गरेमा यो रोग सन्तानमा पनि सर्छ । त्यस्तै वाहक पुरुषले बिरामी महिला तथा बिरामी पुरुषले वाहक महिलासँग बिहे गर्दा पनि सन्तानमा यो रोग सर्ने गर्दछ”, उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख ओमपी न्यौपानेले भने । यो कुरा सबैमा जानकारी नहुँदा अहिले पनि बिरामी–बिरामीबीच विवाह भइरहेकाले समस्या थप जोखिम बन्दै गएको उनको भनाइ थियो ।
न्यौपानेका अनुसार बिरामी पुरुष वा महिलाले सामान्यसँग बिहे गरेमा बच्चामा यो रोग सर्दैन । साथै आमा वा बुबा वाहक भएमा पनि सामान्यसँग बिहे गर्दा बच्चामा रोग नसर्ने उनले बताए । यो विषयमा कुरा थारू समुदायको गाउँ–गाउँमा गएर जनचेतना दिन आवश्यक रहेको उनको भनाइ थियो ।
आज अप्टिमिष्ट क्लब तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरको सहयोगमा तुलसीपुर–७ मोतिपुरको थारू बस्तीमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । क्लबका अध्यक्ष कमल सापकोटाले जनचेतनामूलक कार्यक्रम जिल्लाका सबै थारू बस्तीमा आयोजना गर्ने गरी सुरुआत गरिएको बताए ।
दाङका थारू समुदायमा सिकलसेल भयावह अवस्थामा रहेको र उपमहानगरका स्वास्थ्य महाशाखाका फोकल पर्सन विमल केसीले बताए । सिकलसेल पीडितलाई राज्यले एक लाखसम्मको उपचारको व्यवस्था गरेको उनले जानकारी दिए । गाउँ–गाउँमा रोग पत्ता लगाउनका लागि स्क्रिनिङ गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
हाल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सिकलसेलको स्क्रिनिङ भइरहेको केसीले जानकारी दिए । उनका अनुसार दाङमा गएको वर्षमा दुई हजार आठ सय दुई जनामा गरिएको स्क्रिनिङमा ३७ जनामा सिकलसेल भेटिएको थियो भने तीन सय २८ जनामा वाहक देखिएको थियो ।
















खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया