बिहीबार, मंसिर १८, २०८२

आज तपाईंको राशिफल कस्तो छ ?

मेरोन्यूज २०८० मंसिर १७ गते ७:३४

आज २०८० साल मंसिर १७ गते आइतवार । मंसिर कृष्ण षष्ठी । पञ्चाङ्ग: एन्द्र वणिज अश्लेषा। डिसेम्बर ३ तारिख २०२३ ।

यस्तो छ आज तपाईंको राशिफल :-

मेष  आज आफ्नो विद्या प्राप्तिको लागि संघर्ष गर्नु पर्ला । सामाजिक क्षेत्रका काममा सक्रियता रहला । वैदेशिक रोजगारमा सफलता मिल्ला । मान सम्मान वृद्धि होला ।

वृष : आजको परीक्षा सामान्य नै समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ ।

मिथुन : आज घरपरिवारसँग रमाइलो तरिकाले समय बित्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।

कर्कट : आज मनपर्ने खानाको परिकार खान पाइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

सिंह : आज मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ, तर नजिकका व्यक्तिबाट कार्यमा साथ र सहयोग बढ्न सक्छ ।

कन्या : आज शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ पनि हुनसक्छ ।

तुला : आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

वृश्चिक : आज विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक कार्यबाट लाभ मिल्नेछ र सफलता मिल्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

धनु :  आज सन्तान पक्षको मायामा कमी आउनसक्छ । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

मकर : आज पारिवारिक जमघटमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कुम्भ : आज आकस्मिक नयाँ कार्यको योजना बन्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्नेछ ।

मीन : आज साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने र उमंग बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।

प्रतिक्रिया