फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित फार्मेसीमा कार्यरत कर्मचारीलाई अस्पताल मातहतमा ल्याई सेवा सुविधा उपलब्ध गराउन माग गरिएको छ ।
नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेश कार्य समितिले सो माग गर्दै प्रतिष्ठानका उपकुलपतिलाई ध्यानाकर्षण गराएको हो ।
एसोसिएसनले आइतबार दिउँसो प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीलाई तीन बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्रमा हाल प्रतिष्ठानको फार्मेसीमा कार्यरत फार्मेसी सहायकहरू टेन्डरमार्फत बाह्य कम्पनीबाट काम गराइएकाले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अस्पतालकै मातहत ल्याउनुपर्ने माग गरिएको छ ।
त्यस्तै निर्देशिका र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रअनुसार फार्मेसी सञ्चालन गरिनुपर्ने र अस्पतालमा अतिआवश्यक औषधि र प्रविधिजन्य स्वास्थ्यसामग्री उपलब्धता नहुने भएकाले बिरामीले दुःख भोगिरहेको हुँदा यस्ता औषधि र स्वास्थ्यसामग्री शीघ्र उपलब्ध गराउन माग गरिएको छ ।
















ताप्लेजुङका प्रभावशाली २ नेता एमालेमा प्रवेश
ओलीले दर्ता गराए उम्मेदवारी
Gold and silver price continues surge
बाजुराका ६२ मतदानस्थल अति संवेदनशील
हर्क साम्पाङले गराए मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया