म शक्तिशाली छैन, तर पनि म लक्की छु : प्रधानमन्त्री
म लक्की छु, किनकी यो गठबन्धन तत्काल टुटनेवाला छैन

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू राजनीतिमा लक्की रहेको बताएका छन् । पार्टीको पोजिसनका हिसावले शक्तिशाली नभएपनि ३२ सिटको पार्टी नेतृत्वले सरकारको नेतृत्व गरिरहेको र त्यो सरकार रहेको गठबन्धन बलियो रहेकोले आफु लक्की भएको प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार सम्पादकहरुसँग कुरागर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘मलाई थाहा छ मेरो ससंदमा ३२ सिट छ र म शक्तिशाली पनि छैन । तर पनि म लक्की छु, किनकी यो गठबन्धन तत्काल टुटनेवाला छैन ।’
२०७९ मंसिरमा सम्पन्न निर्वाचन पछि १० पुसमा नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले करिब दुई महिनापछि राष्ट्रपति निर्वाचनका बेला नेपाली कांग्रेसलाई साथ दिएपछि एमालेसँगको सम्बन्ध टुटेको थियो । आफू नेतृत्वको सरकारले करिब एक वर्ष पूरा गर्न लाग्दा उनी सरकार तलमाथि नहुनेमा विश्वस्त देखिए ।
प्रधानमन्त्रीले भने, ‘तपाईंहरुले गठबन्धनभित्र पनि कतिपय अन्तरविरोधहरु देख्नु, सुन्नु भएको होला तर ती सरकारको भविष्यलाई प्रभाव पार्ने स्तरमा छैनन् ।’ मुलुकको वर्तमान राजनीतिक शक्ति सन्तुलनमाथि टिप्पणी गर्दै प्रचण्डले सरकारको भविष्यमा तत्काल कुनै प्रश्न उठ्ने अवस्था नरहेको बताए । गठबन्धनभित्र मात्रै होइन, वर्तमान सरकारले प्रमुख राजनीतिक मामिलामा प्रमुख प्रतिपक्षी दलसंग समेत वार्ता र सहकार्य गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।
सम्पादकहरुको प्रश्नको जवाफमा उनले भने, ‘प्रमुखजसो सरोकारका बिषयहरुमा प्रमुख बिपक्षी दललाई समेत लिएर हिँड्ने एक खालको अवधारणा बनेको छ । जस्तो कि वर्तमान संविधान र त्यसले संस्थागत गरेका उपलब्धी उल्टाउन खोज्नेहरु विरुद्ध गठबन्धन र प्रमुख विपक्षी एक ठाउँमा छन् ।’

















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया