फुटबल : काठमाडौँ र झापाको खेल बराबरीमा सकियो

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काठमाडौँ रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भरखरै सम्पन्न खेलमा काठमाडौँ र झापाले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् । खेलको विभिन्न समयमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेता दुवै टोलीले गोल गर्न सकेनन् र अन्ततः खेल गोलरहित बराबरीमा टुङ्गियो ।
यस बराबरी खेलसँगै काठमाडौँले तीन खेलमा ५ अङ्क जोडेको छ । काठमाडौँले पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराएको थियो भने दोस्रो खेलमा एफसी चितवनसँग बराबरी खेलेको थियो ।
त्यस्तै, समान तीन खेल खेलेको झापाले २ अङ्क जोडेको छ । पहिलो खेलमा इलामसँग पराजित भएको झापाले दोस्रो खेलमा पोखरासँग बराबरी खेलेको थियो । भोलि दशरथ रङ्गशालामा ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच खेल हुनेछ ।
















प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया