एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै
मेरोन्यूज
२०८० मंसिर १९ गते ९:०३

काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्ने भएको छ।
सोमबारबाट सुरू भएको बैठक आज मंगलबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
यसअघि माघ १४ गतेबाट सुरू गर्ने निर्णय गरेको महाधिवेशन प्रस्ताव सार्न सोमबारबाट बैठक सुरु भएको थियो।
सोमबारबाट सुरू भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस र मदन–आश्रित स्मृति दिवस जेठ ३ गते महाधिवेशन गर्ने गरी नयाँ मिति प्रस्ताव भएको छ ।
‘महाधिवेशन सार्न प्रस्ताव आएको छ। आज बस्ने बैठकले त्यसबारे निर्णय गर्छ,’ खडिवडाले भने। यसका अतिरिक्त राष्ट्रिय सभाको निर्वाचन र ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे पनि छलफल गर्ने कार्यसूची रहेको छ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया