आर्किटेक्चरल इञ्जिनियरिङ पठनपाठनका लागि केयू र पनौती नगरपालिकाबीच सम्झौता

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच स्नातक तहमा ‘आर्किटेक्चरल इञ्जिनियरिङ’को पठनपाठनका लागि सम्झौता भएको छ । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले यसका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार पनौती नगरपालिका–७ स्थित इन्द्रेश्वर प्राथमिक विद्यालयको खाली भवन र त्यसले चर्चेको कि नं ८० को जग्गा काठमाडौँ विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङ अन्तर्गत बी आर्किटेक्चरल विषय अध्यापन गराउन काठमाडौँ विश्वविद्यालयलाई भोगाधिकारसहित हस्तान्तरण गरिने भएको छ । सम्झौता अनुसार विश्वविद्यालयको प्रवेश परीक्षामा उत्तीर्णमध्ये जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका पनौती नगरपालिका–७ मा स्थायी बसोबास भएका एक विद्यार्थीलाई नगरपालिकाको सिफारिसमा र अन्य वडामा बस्ने एक गरी दुई जनालाई ५० प्रतिशत शुल्कमा अध्यापन गराउनुपर्नेछ ।
त्यस्तै बत्ती, पानी, टेलिफोनको महसुल काठमाडौंँ विश्वविद्यलायले बेहोर्ने, पनौती नगरपालिका–७ अन्तर्गतका प्राचीन सम्पदाको संरक्षण गर्ने सिलसिलामा विभिन्न नक्शाङुकनसम्बन्धी कार्य दोस्रो पक्षले निःशुल्क रूपमा गरिदिने, पहिलो पक्षको सिफारिसमा दोस्रो पक्षले इन्द्रेश्वर उच्च माध्यमिक विद्यालय पनौतीमा सञ्चालन भइरहेको विज्ञान कक्षाको पढाइमा आवश्यक सहयोग गर्ने पनि सहमति भएको छ । साथै नगरपालिकाले विश्वविद्यालयलाई १५ वर्षका लागि उक्त भवन र जग्गा भोगचलन गर्न दिने र सम्झौता अवधिमा सो संरचना र जग्गालाई विश्वविद्यालयले आवश्यकता र सुविधाअनुसार प्रयोग गर्ने सहमति भएको छ ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले यस सम्झौताले पनौती नगरको शैक्षिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुनका साथै पनौती नगरको सांस्कृतिक एवम् पुरातात्विक क्षेत्रको विकासको लागि थप उपलब्धि प्राप्त हुनेमा विश्वास व्यक्त गरे । “विद्यलाय मर्ज गर्दा भवन खाली भएको थियो, काठमाडौँ विश्वविद्यालयको आग्रह र वडा नं ७ को सिफारिसपछि नगरपालिकाले उक्त निर्णय गरेको हो”, उनले भने । सम्झौताले पनौतीको वास्तुकला विषयमा अध्ययन गराउन विशेष टेवा पुग्ने उनको भनाइ छ ।
















सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
More than 250 people killed after separatist attacks in Pakistan: official
साफ महिला च्याम्पियनसिप : आज बङ्गलादेशसँग भिड्दै नेपाल
Election policeperson dies after falling from a cliff
Prime Minister working to address public concerns related to health insurance
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया