दमकमा घरदैलो स्वास्थ्य उपचार : ज्येष्ठ नागरिकसहित ३९० लाभान्वित

झापा । दमक नगरपालिकाका ९० वर्षमाथिका ज्येष्ठ नागरिकसहित पूर्ण अशक्त भएकालाई लक्षित गरेर सुरु गरिएको घरदैलो स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्दै गएको छ ।
नगरपालिकाअन्तर्गत रहेको दमक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले दमकका १० वटै वडाका लक्षित समुदायलाई घरघर पुगेर स्वास्थ्य सेवा प्रदान गरिने कार्य प्रभावकारी बन्दै गएको हो । नगरपालिकाले चालु आर्थिक वर्षदेखि सुरु गरेको यस कार्यक्रमबाट पहिलो चरणमा लाभान्वित तीन सय ९० बिरामीलाई दोस्रो चरणको अभियान थालिएको नगरप्रमुख रामकुमार थापाले बताए ।
पहिलो चरणमा ९० वर्षमाथिका ज्येष्ठ नागरिक र (क)वर्गका अपाङ्गता गरी जम्मा तीन सय ९० जनालाई घरदैलो उपचार सेवा उपलब्ध गराइएको थियो । दमकभित्र ९० वर्षमाथि (क) वर्गका पूर्ण अपाङ्गता भएकाको सङ्ख्या चार सय चार रहेको छ ।
नगरप्रमुख थापाका अनुसार स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायको स्वास्थ्य सेवामा जोड दिन यस किसिमको कार्यक्रम सुरु गरिएको हो । दमकमा यो कार्यक्रम पहिलोपटक सञ्चालनमा रहेको र यसले हामी जस्ता कमजोर आर्थिक अवस्था भएका र घरैमा थन्किएका समुदायलाई निकै राहत पुगेको दमक–२ का ९० वर्षीय ज्येष्ठ लेखनाथ शर्माले बताए ।
अभियानमा नगरप्रमुख थापा, उपप्रमुख रेगिना भट्टराई प्रसार्इं, दमक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण साह, सामाजिक विकास शाखा प्रमुख केशव प्रसाईं, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारी, स्वास्थ्य शाखा, नर्सिङ स्टाफ तथा कार्यक्रमकी स्रोत व्यक्ति कमला पौडेल, स्वास्थ्यकर्मी, सम्बन्धित वडाका वडाध्यक्ष तथा वडा सदस्यलगायत संलग्न छन् ।
घरदैलोका क्रममा टोलीले स्वास्थ्य जाँचसहित सुगर, प्रेसर जाँच गर्नुका साथै औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । सो समुदायलाई नौ थान ह्वील चियर, एक थान बेड, एक थान वाकर र एक थान बेवी चियर, हिँड्न सहायता चाहिने ९० जनालाई लौरो वितरण गरिएको छ । अति विपन्नलाई ५० किलोग्राम चामल र दुई किलोग्राम दालसमेत उपलब्ध गराइएको छ । त्यहाँ घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया