भरतपुर महानगरभित्र कार्यरत दुई सय सात स्वयंसेविकालाई सम्मान

चितवन । भरतपुर महानगरपालिकाभित्र कार्यरत स्वास्थ्य स्वयंसेविकालाई मङ्गलबार सम्मान गरिएको छ । बीसौँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा महानगरभित्रका दुई सय सात स्वयंसेविकालाई नगदसहित सम्मान गरिएको हो ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले उनीहरूलाई सम्मान गरेका हुन् । प्रदेश सरकारले प्रदेशभरि नै कार्यरत स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत महानगरका स्वयंसेविकालाई सम्मान गरिएको उनले बताए ।
बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल र ईश्वर सापकोटाले स्वयंसेविकाले उठाएको जायज मागलाई राज्यले संवेदनशील भएर सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले हरेक वर्ष ६० वर्ष नाघेका स्वयंसेविकालाई नगद रु ५० हजारसहित सम्मान गर्ने गरेको बताए ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख शान्ताकुमारी पौडेल, भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख दीपक सुवेदी, स्वयंसेविकाको तर्फबाट सुभद्रा श्रेष्ठलगायतले बोलेका थिए ।
कार्यक्रममा प्रदेश सरकारले प्रदेशभरिका एक सय १९ वटा स्थानीय तहका चार सय ६१ स्वयंसेविकालाई सम्मान पनि गरेको थियो ।
















काठमाडौं – ३ मा कुलमानले दर्ता गराए उम्मेदवारी
काठमाडौं ५ मा ईश्वर पोखरेलको मनोनयन दर्ता
बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील
रुकुम पूर्व १ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
बैतडीमा एमालेबाट दामोदर भण्डारीले गराए मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया