मेसी बने ‘टाइम एथ्लेट अफ दि इअर’

काठमाडौं । अर्जेन्टिनी फुटबलर लियोनल मेसीले टाइम्स म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् ।
पीएससीका केलियन एमबाप्पे र म्यानचेस्टर सिटीका एर्लिङ हालान्डका साथै टेनिसका नोभाक जोकोभिच र मेजर लिग बेसबलका स्टार आरोन जजलाई पछि पार्दै मेस्सीले यो अवार्ड जितेका हुन् ।
‘लिओनल मेसीले यो वर्ष असम्भव देखिने उपलब्धिहरु हासिल गरेका छन् । जब उनले इन्टर मायमीसँग सम्झौता गरे अनि अमेरिकालाई एउटा फुटबल देशको रुपमा चिनाएका,’ टाइम्सले लेखेको छ ।
यस्तै टाइमसले मेसीको आगमनले रंगशालामा दर्शकको उपस्थिति, टिकटको मूल्य र मर्चेन्डाइज बिक्रीमा उल्लेख्य वृद्धि तथा एमएलएस खेलको दर्शक बढाउन महत्वपूर्ण योगदान गरेको जनाएको छ ।
उनले गत महिना आठौं पटक बालोन डी’ओर अवार्ड जितेका थिए। गत वर्ष फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेबापत लियोनल मेस्सीलाई बालोन डी’ओर अवार्ड प्रदान गरिएको थियो ।
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया