एलपिएल क्रिकेट : आयोजक लिटल फ्लावर पराजित

सुदूरपश्चिम । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा आयोजक लिटल फ्लावर स्कुल धनगढी ४१ रनले पराजित भएको छ ।
घोडाघोडी क्रिकेट एकेडेमीले दिएको एक सय २८ रनको विजयी लक्ष पछ्याएको लिटल फ्लावर १६ दशमलव पाँच ओभरमा ८६ रन बनाएर समेटियो । उसका लागि मनीष थापाले १७, कृष्ण कार्कीले १५, प्रतीक श्रेष्ठ र कौशल रुपाखेतीले ११÷११ रन बनाए ।
घोडाघोडीका स्पिनर अशोक धामीले पाँच विकेट लिएपछि लिटल फ्लावरको टिम धराशायी बन्यो । ‘प्लेयर अफ द म्याच’ घोषित धामीले चार ओभरमा १८ रन खर्चिएका थिए । नरेश सुनारले दुई र नभयुग बस्नेतले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १९ दशमलव पाँच ओभर खेल्दै सबै विकेट गुमाएर एकसय २७ रन बनायो । उसका लागि नरेश सुनारले ३४, विपिनविक्रम शाहीले २४, कृष कार्कीले २२ रन बनाए ।
लिटल फ्लावरका लागि दिनेश अधिकारीले सर्वाधिक चार विकेट लिए । उनले तीन दशमलव पाँच ओभरमा १७ रन खर्चिए । कप्तान कृष्ण कार्कीले तीन, कौशल रुपाखेतीले दुई र विपिन खत्रीले एक विकेट लिए ।
आजै भएको अर्को खेलमा कैलाली जिल्ला क्रिकेट क्लबले खप्तड इन्डोर स्पोटर््स ट्रेनिङ सेन्टरलाई ३४ रनले पराजित ग¥यो । कैलालीले दिएको एक सय ४० रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको खप्तडले १७ दशमलव चार ओभरमा एकसय पाँच रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो ।
खप्तडका लागि प्रकाश पाण्डेयले २६, अभिषेक थापाले २० र अरुण रानाले १२ रनको योगदान गरे । कैलालीका बलर नरेन साउदले तीन ओभरमा १५ रन खर्चिएर चार विकेट लिन सफल भए । दीपक टमटाले दुई, शेर मल्ल, दीपक रोकाया र राहुल केसीले एक÷एक विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको कैलाली जिल्ला क्रिकेट क्लबले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर एक सय ३९ रन बनायो । उसका लागि ओपनर डबल ऐरले अर्धशतकीय योगदान दिने क्रममा अविजित ५४ रन बनाए ।
‘प्लेयर अफ द म्याच’ घोषित उनले ५२ बलमा चार चौका र दुई छक्का प्रहार गरे । सुदांशु रावलले १९, हृदय बिडारी, दीपक टमटा र नरेन साउदले १०÷१० रनको योगदान गरे ।
खप्तडको बलिङमा अरुण रानाले तीन, रवि विष्ट तथा नगेन्द्र उपाध्यायले दुई–दुई विकेट लिए । बिहीबारको पहिलो खेल युथ अफ टीकापुर र शारदा सेकेन्डरी स्कुलबीच तथा दोस्रो खेल सत्यवती एकेडेमी र जेएस स्पोर्टस्–११ सुपर स्टार्सबीच हुने कार्यतालिका छ ।
















झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया