वृषका अधुरा काम पुरा हुने,अन्य राशिकाे कस्ताे छ दिन ?

आज २०८० साल मंसिर २१ गते । बिहिवार ।मंसिर कृष्ण दशमी । पञ्चाङ्ग: आयुष्मान वणिज हस्ता। डिसेम्बर ७ तारिख २०२३
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामना पनि गर्नुपर्ला, तर प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिनेछ ।
वृष : आज आज चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ ।
मिथुन : धूम्रपान र मद्यपानबाट टाढै रहनु होला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।
कर्कट : आज आँटेको कार्य अगाडि बढ्ला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा भने सफलता नमिल्ला ।
सिंह : दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्, तर मानसिक चिन्ता भने बढ्नेछ ।
कन्या : विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ । दैनिकी विस्तारै सहज होला ।
तुला : आज आर्थिक कारोबारमा विवाद आउनेछ । स्वास्थ्यमा समस्या आउला अत: स्वास्थ्य प्रति सजग रहनु होला, साँझमा भने मन प्रसन्न ।
वृश्चिक : राजनीतिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ कार्यको योजनले गति पाउनेछ । शुभ कार्यको चर्चा चल्नेछ । परिकारहरू खान पाइनेछ ।
धनु : आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।
मकर : कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको योजना बन्ला ।
कुम्भ : वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटो बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । छटपटी बढ्नाले मन पनि कमजोर रहला ।
मीन : आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सामाजिक हितको काम अघि बढ्ला । कुटुम्बको सहयोग पनि मिल्नेछ ।
















एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया