शनिबार, वैशाख २६, २०८३

एनसेलको बिक्री भएको सेयर दर्ता नगर्न पाटन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

मेरोन्यूज २०८० मंसिर २१ गते १९:३२

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको बिक्री भएको सेयर दर्ता नगर्नूरनगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ।

Advertisement
NiccNicc

पाटन उच्च अदालतका न्यायाधीश पुरूषोत्तमप्रसाद ढकालको इजलासले बिहिबार एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नूरनगराउनू भनी कम्पनी रजिष्ट्रार कार्यालयलाई आदेश दिएको हो।

गोकुलबहादुर रोकायाले शेयर खरिदबिक्रीको कारोबारविरूद्ध उच्च अदालत पाटनमा रिट दर्ता गरेका थिए।

अदालतले दुवै पक्षलाई छलफलका लागि मंसिर २५ गते बोलाएको छ।

‘नेपाल दूरसञ्चार प्राधिकरणले आजियटाका नाउँमा दूरसंचार नियमावली बमोजिम शेयर खरिद बिक्री गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्न भनी पत्राचार गरेको मिसिल संलग्न पत्रबाट देखिएको समेतको परिप्रक्ष्यमा सो समेतको निराकरण हुने गरी मंसिर २५ सम्मको लागि खरिद बिक्री भएका एनसेलका शेयरहरू दर्ता किताबमा दर्ता नगर्नूर नगराउनू भनी विपक्षीहरूका नाउँमा यो अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ,’ आदेशमा भनिएको छ।

यो सम्बन्धमा कुनै निर्णय भएको भए निर्णय लिएर आउन पनि अदालतले भनेको छ।

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो।

प्रतिक्रिया