सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात
मेरोन्यूज
२०८० मंसिर २१ गते २०:३३

ताप्लेजुङ । ताप्लेजुङमा सामान्य वर्षासँगै जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा सामान्य हिमपात सुरु भएको स्थानीयले बताएका छन् ।
वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी पालुंवाले बताए । पाथीभरामा यो वर्ष दोस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो । हिउँ पर्न सुरु भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्रमा काम गर्दै आएका राजेन्द्र महतले जानकारी दिए ।
उता जिल्लाका उच्च क्षेत्र घुन्सालगायत ठाउँमा सामान्य वर्षा भएको छ भने चिसो बढेको छ । हिउँद लागे यता सदरमुकाम सहितका क्षेत्रमा सामान्य वर्षा हुँदा किसानलाई भने फाइदा पुगेको छ ।
वर्षाले हिउँदे बालीनालीमा सिँचाइ पुग्ने भएकाले किसानलाई फाइदा पुगेको हो ।
सम्बन्धित
















तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री
म्याग्दीको बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा
Gold and silver prices up again
पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती, २५० भन्दा बढी मानिसको मृत्यु
काठमाडौं– ८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
प्रतिक्रिया