लोसपाको केन्द्रीय समिति बैठक सुरु, महताेले गरे बैठक बहिस्कार

काठमाडौं । सरकारमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद बढेको छ । अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महताेका बीचमा बढेको विवादले बैठक बहिस्कारसम्मको परिदृश्य निम्ताएको छ ।
विवादकै कारण बरिष्ठ नेता राजेन्द्र महतोले आज देखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । यधपी बैठक भने अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सुरु भएको छ ।
बैठकमा लोसपाभित्र अलग समुह निर्माण गर्न खप्पिस मानिने शरदसिंह भण्डारी पक्ष भने सहभागी छ । महत्तोले भने अध्यक्ष ठाकुरले एकलौटी निर्णय गरेको , कार्यशैली सुधार नगरेको र सुधार्ने कुनै संकेत पनि नदेखाएको भन्दै बैठक बहिस्कार गरेको बताएका छन् ।
केन्द्रीय समिति स्तिार देखि अन्य कतिपय निर्णय अध्यक्ष ठाकुरले एकलौटी गरेको महताेको आरोप छ । उनले पार्टीभित्र मधेसबादका लागि लडेकाहरुलाई पाखा लगाउने र पूर्व कांग्रेसबाट आएकालाई पृष्ठभूमिकै आधारमा संरक्षण गर्ने कार्यशैली मात्र अध्यक्ष ठाकुरले देखाएको महताेको आरोप छ ।
लोसपाको केन्द्रीय समिति बैठक बबरमहलको कार्की ब्यांक्वेटको जारी छ । तर महतो घरमै आराम गरि बसिरहेका छन् ।

















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया