बुधबार, माघ २१, २०८२

विराट राजाको दरबारको सरसफाइ एवं रङरोगन

मेरोन्यूज २०८० मंसिर २४ गते १३:२२

मोरङ । विराटनगर महानगरपालिका –१८भेडियारीस्थित विराट राजाको दरबार आज सरसफाइ गरी रङ्रोगन गरिएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकलाई दरबार क्षेत्रमा आकर्षित गराउन महानगरपालिकाले सुन्दर र सफा बनाउन अभियान नै सञ्चालन गरेको हो । सो अभियानमा महागनरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, विभिन्न वडाका अध्यक्ष, जनप्रनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै विभिन्न सङ्घ संस्थाका र राजनीतिक दलहका प्रतिनिधिको सहभागिता थियो ।

महानगरप्रमुख कोइरालाले नगरलाई हाम्रो र राम्रो बनाउने उद्देश्यले सरसफाइ तथा सुन्दर बनाउन लागिएको जानकारी दिए । उनले दरबार क्षेत्रको संरक्षणका लागि स्थानीयवासीकोे सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे ।

महानरउपप्रमुख कार्की र वडा नं १८ का वडाअध्यक्ष जीतेन्द्र साहले दरबार क्षेत्रको ठूलो महत्व रहेकोले यस क्षेत्रको वृहत्तर विकासका लागि थप बजेट सङ्घीय सरकारले उपलव्ध गराउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया