विराटनगरका युवकमाथि भारतीय सीमाक्षेत्रमा गोली प्रहार
मेरोन्यूज
२०८० मंसिर २५ गते ९:५१

विराटनगर । विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ ।
विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि आइतबार साँझ विराटनगर–१६ दक्षिण गेटदेखि पारी सीमाक्षेत्र भारतीय भूमि जोगबनीमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो ।
उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको उनले बताए ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । उनको वायाँ तिघ्रामा गोली लागेको छ ।
उनलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी अस्पताल पुर्याएको थियो ।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन गरिदै
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
ट्याक्टरबाट खसेर युवकको मृत्यु
निर्वाचनः मुस्ताङमा हिमपातको डर
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया