मंगलबार, माघ २०, २०८२

ओभरटेक गर्न खोज्दा दुर्घटना, मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

मेरोन्यूज २०८० मंसिर २८ गते १०:३२

बनेपा । काभ्रेको पाँचखालमा ओभरटेक गर्न खोज्दा दुर्घटना भएको छ । आज (बिहीबार) बिहान गुडिरहेको गाडीलाई मोटरसाइकलले ओभरटेक गर्न खोजेको थियो । त्यही क्रममा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

बिहीबार बिहान साढे आठ बजे पाँचखाल नगरपालिका ६ हनुमानगढी स्थित अरनिको राजमार्गमा प्रदेश ३- ०१-००५ ख ९७०३ नम्बरको डिब्बा गाडिले ठक्कर दिँदा बा‍‍‍ ८७ प ६४१ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा काभ्रेकै पनौती नगरपालिका १२ घर भएका ३४ वर्षीय रुपक खत्रीको घटनास्थलमै मृत्यु भएको हो।

तीव्र गतिमा रहेको मोटरसाइकलले सडकमा गुडिरहेको डिब्बा गाडिमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया र स्थानीय प्रहरी चौकीका प्रहरी नायव निरीक्षक कुलबहादुर कुँवरको कामाण्डमा २२ जनाको प्रहरी टोली पुगेको छ।

घटनास्थलमा झण्डै सय जनाजति स्थानीय पनि भेला भएका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।

प्रतिक्रिया