महासमिति बैठकबारे निर्णय लिन कांग्रेसको बैठक बस्दैं

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १२ः१५ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
बैठकमा कांग्रेसको महासमिति बैठकका बारेमा विशेषगरी छलफल हुनेछ । कांग्रेसको महासमिति बैठक आगामी पुस १६ देखि १९ गतेसम्म गर्ने गरी मिति तोकिएपनि कांग्रेस सभापति शेरवहादुर देउवा देखि अन्य शीर्ष नेताहरु बैठक सार्ने तयारीमा रहेका छन् ।
तर इतर पक्षका नेताहरु निर्धारित समयमै महासमिति बैठक गर्नुपर्ने पक्षमा छन् । कांग्रेसको कार्यसम्पादन समितिको आजको बैठकले कांग्रेसको उक्त महासमितिको बैठक निर्धारित समयमै गर्ने या सार्ने भन्ने बारेमा आज निर्णय लिने कांग्रेसका नेताहरु बताउँछन् ।
यसका अतिरिक्त आजको बैठकमा राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धन दलका बीचका भागवन्डा, पार्टीका उम्मेदवारहरुका मापदण्डका बारेमा पनि समान्य छलफल हुनसक्ने नेताहरुको भनाई छ । जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुनेछ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया