सुचना आयोगको आदेश कार्यान्वयनमा अटेर गर्दै नाथम

काठमाडौँ। नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान ‘नाथम’ ले भ्रष्टाचारजन्य कार्य, प्रशासनिक चलखेल र आर्थिक अनियमिता लुकाउनको लागि राष्ट्रिय सुचना आयोगको आदेश समेत अटेर गरेको छ।
उक्त प्रतिष्ठानमा एम.एच. एम अध्ययनरत विद्यार्थी सागर देवकोटा ‘सुशान्त’ ले नाथुमकाे हिसाव खाेज्दै सुचना आयाेगमा निवेदन दिएका थिए । उनले वार्षिक २-३ करोड सम्म भ्रष्टाचार भएको गुनासो साथिहरु र कर्मचारीबाट थाहा पाएपछि सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्ने उद्देश्यका साथ सोही प्रतिष्ठानमा सुचना माग गर्दै पत्र पेश गरेका थिए।
नाथुमका पुर्व कार्यकारी निर्देशक राजेश उप्रेती सहित प्रशासनका कर्मचारीले उनलाई सुचना दिनुकाे साटाे उल्टै फेरि सुचना लिन आएमा कलेजबाट बिभिन्न बहानामा कार्वाही गरि निस्कासन गरिदिने धम्की दिएकाे देवकोटाले बताए ।
आफुले सुचना नपाएपछि देवकोटाले राष्ट्रिय सुचना आयोगमा मुद्दा समेत दर्ता गराए र राष्ट्रिय सुचना आयोगले मिति २०७९/०५/१६ गते मुद्दा नं. २८/०७९/०८० निर्णय नं. ९० मा सात दिनभित्र सुचना उपलब्ध गराउन आदेश दियो।
देवकोटा आफै बारबार सुचना आदेश बमोजिम दिन अनुरोध गर्दै प्रतिष्ठानमा उपस्थित भए तर बिभिन्न बहाना गर्दै प्रतिष्ठानले सुचना नदिई प्रशासनिक चलखेल गरेपछि फेरी सुचना आयोगमा मिति २०८०/०६/०८ गते ‘आदेश बमोजिम सुचना उपलब्ध गराई पाउ’ भनि निवेदन पेश गरे।
आयोगले फेरि मिति २०८०/०६/१४ गते ‘विवरण उपलब्ध गराई दिने सम्बन्धमा’ प्रतिष्ठानलाई पत्र लेखि पठायो। उक्त प्रतिष्ठानलाई आयोगले समयमा विवरण नदिए सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गरायो।
प्रतिष्ठानले सुचना पटक पटक माग्दा पनि नदिएपछि मंसिर १२ गते दर्ता नं. १८०/०८०/०८१ मा फेरि निवेदन दर्ता गरि नयाँ कार्यकारी प्रमुख नरत कुमार लुइँटेलसँग सुचना दिन अनुरोध गरे र लुइँटेलले दुई हप्ता भित्रै सुचना दिने वाचा समेत गरे।
लुइँटेलले सम्पुर्ण नियम बमोजिमका सुचना राष्ट्रिय सुचना आयोगको आदेश बमोजिम दिन लागेपछि सोही प्रतिष्ठानमा कार्यरत केहि कर्मचारी आफ्नो भ्रष्टाचारजन्य कार्य, प्रशासनिक चलखेल र आर्थिक अनियमिता बाहिर आउने डरले बिभिन्न बहाना बनाई केहि कर्मचारीले आफ्नो बचाउमा लुइँटेललाई प्रतिष्ठानमा दबाब दिने काम गराएको देखिन्छ र हाल सम्म पनि आफुले सुचना नपाएको देबकोटा बताउँछन्।


















मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात
पुराना दललाई रविको चुनौती : जो जो मिल्नु छ मिल, यो सुनामी रोकेर देखाऊ
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
प्रतिक्रिया