कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग

मोरङ । मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराई अस्पताल इनरूवा पु¥याइएकोप्रति ध्यानाकर्षण भएको बताए ।
बेलबारी– ३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा अस्पताल उदघाटन गरिएको थियो । अस्पताल सञ्चालन भइरहेको अवस्थामा स्थानीय नगरपालिकासँग समन्वय समेत नगरी अस्पताल सारिएको बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोइराला) ले आरोप लगाए ।
उनले अस्पताल तत्काल फिर्ता ल्याउनसमेत सम्बन्धित पक्षसँग माग गरे । उक्त अस्पताल सञ्चालन सम्बन्धमा सम्बन्धित निकायले बेलबारी नगरपालिकाबाट आवश्यक सहयोग नगरेको भनि आएको समाचारप्रति बेलबारी नगरपालिकाले गहिरो खेद प्रकट गरेको छ ।
प्रादेशिक अस्पतालसँग पटक–पटक समन्वय र सहकार्यका लागि आवश्यक छलफल भएको जानकारी गराउँदै बेलबारीको सुरक्षा निकायसहित अस्पताललाई विविध पक्षमा सहयोग गरेको बेलबारी नगरपालिकाका प्रवक्ता राईले बताए । कोशी प्रदेशसभा सदस्य तथा बेलबारी नगरपालिकाका पूर्वप्रमुख ज्ञानेन्द्र सुवेदीले बेलबारीमा अस्पताल पुनःस्थानान्तरणका लागि कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की समक्ष पहल गर्न आग्रह गरिएको बताए । मुख्यमन्त्री कार्कीले चाँडै कोशी प्रदेश प्रहरीका प्रमुख डिआईजीसहित सरोकारवालाको बैठक राख्ने सुवेदीले जानकारी दिए ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया