विद्युत जोडिएपछि फोन गर्न सहज

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जोडिएपछि स्थानीयवासीलाई फोन गर्न सहज भएको छ ।
माथिल्लो कर्णालीका धेरैजसो टेलिफोन टावर सौर्य उर्जा प्रणालीबाट सञ्चालित भएकाले घाम लागे मात्रै टेलिफोन टावर सञ्चालन हुने गरेका छन् । हातमा स्मार्ट मोवाइल सेट भए पनि नेटवर्क नै नहुँदा खबर आदानप्रदान निकै समस्या हुने गरेको छ । यस्तै समस्या झेल्दै आइएकामा अहिले उक्त टावरमा विद्युत जोडिए पछि जुनसुकै बेला पनि टेलिफोन सेवा सञ्चालन हुने गरेको वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए ।
यसअघि त्यो टावरमा सोलार प्रणाली जडान हुँदा विहान ७ बजेदेखि बेलुका ६ बजे घाम हुदासम्म मात्रै टेलिफोन सेवा सञ्चालन हुने गरेको थियो । वडाध्यक्ष रोकायाले भने,“टेलिफोन नेटवर्क नहुने समस्याबाट मुक्त हुन टावरमै विद्युत लाइन पु¥याइएपछि सहज भएको छ । अब गाउँमा २४ सै घण्टा टेलिफोन सेवा सञ्चालन हुनेछ । ”
समुन्द्र सतहबाट दुई हजार ८५० मिटर उचाईको हाँकुलाग्ना टावरमा गिडीखोलाको जाल्पादेवी विद्युत आयोजनाबाट विद्युत लाइन पु¥याएपछि यो क्षेत्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमवाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिड, कोटिला, रोकायावाडालगायत गाउँमा राति पनि नेटवर्क आउने गरेको स्थानीयवासी प्रेमराज पाण्डेले जानकारी दिए ।
रु १५ लाखको लागतमा हाँकुलाग्ना टावरमा विद्युतको लाइन पुगेपछि धेरै गाउँ बस्तीका नागरिकलाई टेलिफोन पहुँच पुगेको छ। वडा कार्यालयको रु छ लाख र सुर्खेतस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालयको रु नौ लाख ९६ हजार गरी कुल रु १५ लाख ९६ हजारमा टावरमा विद्युत लाइन पु¥याइएको हो । उक्त टावरमा समेत फोरजी इन्टरनेट सेवा जडान गरिएको वडाध्यक्ष रोकायाले बताए ।
















मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात
पुराना दललाई रविको चुनौती : जो जो मिल्नु छ मिल, यो सुनामी रोकेर देखाऊ
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
प्रतिक्रिया