शनिबार, वैशाख २६, २०८३

राष्ट्रियसभा निर्वाचन : १२ दललाई चिह्न प्रदान (सूचीसहित)

मेरोन्यूज २०८० पुष १ गते १६:१७

काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले दर्ता पाएका छन्।

Advertisement
NiccNicc

निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनका लागि १२ वटा दल दर्ता गर्ने निर्णय भएको जनाएको हो ।

यस्तै आयोगले दर्ता गरिएका दलहरूलाई चिह्न प्रदान गरेको छ।

आयोगले नेकपा (एमाले)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, नेकपा (माओवादी केन्द्र)लाई गोलाकारभित्रको हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई हलो, जनता समाजवादी पार्टी (जसपा) नेपाललाई ढल्केको छाता निर्वाचन चिह्न प्रदान गरेको छ ।

यस्तै, जनमत पार्टीलाई लाउड स्पिकर, नेकपा (एकीकृत समाजवादी)लाई कलम, नागरिक उन्मुक्ति पार्टीलाई पिँध भएको सादा ढकिया, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई साइकल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)लाई मादल, राष्ट्रिय जनमोर्चालाई गिलास र नेपाल समाजवादी पार्टीलाई खुलेको आँखा चिह्न प्रदान गरिएको छ ।

प्रतिक्रिया