त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आज (सोमबार) ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ ।
दशरथ रङ्गशालामा आयोजना हुने उक्त दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहने जनाइएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयबाट यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुँदैछन्। दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि बिहान १० बजेदेखि नै प्रवेश खुला गरिने बताइएको छ। औपचारिक कार्यक्रम बिहान ११:३० बजेबाट सुरु हुनेछ।
त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालका अनुसार २०७९ को असारदेखि २०८० को असारसम्म पासआउट भएका विद्यार्थीमध्येबाट सोमबार दीक्षित हुन लागेका हुन्।
अनलाइन मार्फत आवेदन दिएका ७३ हजार विद्यार्थीहरू दीक्षित हुन लागेको उनको भनाइ छ ।
यसपटक एमफील, स्नातकोत्तर र स्नातक तहका गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गरारिँदै। उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने सूचना अधिकारी दाहालले बताए ।दीक्षान्त समारोहमा सहभागी भएका विद्यार्थीलाई ५६ वटा स्टलबाट प्रमाणपत्र वितरण गरिने छ।एमफील/पीएचडीका विद्यार्थी र पदक पाउने विद्यार्थीलाई भने स्टलहरूबाट नभई राष्ट्रपतिको हातबाट नै पदक प्रदान गरिनेछ ।
ती बाहेक विद्यार्थीलाई भने ५३ वटा स्टलबाट वितरण गरिने दाहालले बताए ।

















वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
प्रतिक्रिया