स्थानीय सरकार सञ्चालनमा देखापरेका समस्या समाधान हुन्छ : मुख्यमन्त्री जमकट्टेल

मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कर्मचारी अभाव, नदीजन्य सामग्री (दहत्तर बहत्तर सङ्कलन) लगायत स्थानीय सरकार सञ्चालनका क्रममा परेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मुख्यमन्त्री कार्यालय हेटौँडामा आज गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उनले गाउँपालिका महासङ्घले उठाएका समस्या समाधानका लागि आफू तयार रहेको जानकारी दिए ।
दहत्तर बहत्तर सङ्कलनमा देखिएको समस्याका बारेमा आफूलाई जानकारी रहेको जनाउँदै मुख्यमन्त्री जमकट्टेलले स्थानीय सरकार र प्रदेश सरकार मिलेर सबै समस्या समाधान गर्नुपर्नेमा जोड दिए । गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष कर्णबहादुर मगरले मुख्यगरी कर्मचारी समस्या दहत्तर बहत्तर सङ्कलनलगायत समस्यालाई तत्काल सम्बोधन गरिदिन आग्रह गरे । उनले प्रदेश समपूरक र विशेष अनुदान कार्यविधि संशोधन गर्न, स्थानीय सरकारसँग सम्बन्धित कानुनहरु निर्माण गर्दा गाउँपालिका राष्ट्रिय महासङ्घको अनिवार्य सहभागिता गराउन, स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम महासङ्घको सहकार्यमा गर्न प्रदेश सरकारसँग आग्रह गरे ।
ध्यानाकर्षणपत्रमा गाउँपालिका महासङ्घ बागमती प्रदेश कार्यालय सञ्चालन गर्न अनुदानको व्यवस्था गर्न, स्थानीय सरकारको कर्मचारी सरुवा बढुवा हुँदा सम्बन्धित गाउँपालिकासँगको समन्वयमा मात्रै गर्न र दहत्तर बहत्तर सङ्कलनलगायत कानुनी जटिलता हटाउन महासङ्घले प्रदेश सरकारसँग माग गरेको छ ।
महासङ्घ बागमती प्रदेश कार्यसमिति सचिव कान्छालाल जिम्बा, सहसचिव मानकुमारी पाख्रिन र सदस्य फणीन्द्र तिमल्सिनासँगै अध्यक्ष मगरको टोलिले स्थानीय तहमा कर्मचारी अभावको समस्याबारे प्रदेश लोकसेवा आयोगका पदाधिकारी, बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय र प्रदेश किताबखानाका निर्देशक अनिता तामाङसँग पनि छुट्टाछुट्टै छलफल तथा भेटघाट गरेको थियो ।
















Election policeperson dies after falling from a cliff
Prime Minister working to address public concerns related to health insurance
शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
President Paudel departs from Japan
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया