शनिबार, वैशाख २६, २०८३

राम्रो संविधान बनाउँदा बहुमत ल्याउन सक्ने अवस्था भएन : सभापति देउवा

मेरोन्यूज २०८० पुष २ गते २०:५९

त्रिशूली(नुवाकोट) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएका कारण एकभन्दा बढी दल मिलेर सरकार बनाउन बाध्य भएको बताएका छन् ।

Advertisement
NiccNicc

नेपाली कांग्रेस नुवाकोटको ‘प्रथम जिल्ला सम्मेलन’लाई आज विदुरमा सम्बोधन गर्दै सभापति देउवाले समावेशी र समानुपातिक निर्वाचन प्रणालीलाई सुनिश्चित गराई ‘राम्रो संविधान’ बनाएको कारण राजनीतिक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएको बताए।

“अहिलेको संविधानमा आदिवासी जनजाति, महिला तथा दलितलगायत पछिपरेका समुदायको प्रतिनिधित्व अनिवार्य गराई संविधान राम्रो बनायौँ । तर, कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था यो निर्वाचन प्रणालीबाट सकिन्न,” उनले भने, “निर्वाचनमा ठूलो दल भए पनि बहुमत नभएको कारण एक अर्को दलसँग मिलेर सरकार सञ्चालनमा सहभागी भएका छाँै ।”

कांग्रेस सभापति देउवाले आफ्नो पाटीभित्र घात अन्तरघात कायम रहेको भन्दै असन्तुष्टि जनाए । “कांग्रेसभित्र खुट्टा तानातानको प्रवृत्ति विगतदेखि अहिलेसम्म छ । घात गर्नेलाई कारबाही गरौँभन्दा दिँदैनन्,” उनले भने, “पार्टीलाई हराभर बनाएर ठूलोमात्र होइन, बहुमत प्राप्त दल बनाउन सबैको साथ हुनुपर्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले कांग्रेस भित्रको गुटउपगुट हटाई पार्टी एकढिक्का भए अर्को चुनावमा बहुमत ल्याउन सक्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया