शुक्रबार, वैशाख २५, २०८३

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

मेरोन्यूज २०८० पुष ३ गते ८:०६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।

Advertisement
NiccNicc

११ बजे बस्ने तय भएको आजको बैठकमा पेश भएका प्रतिवेदन पारित गर्नुका साथै विभिन्न निर्णय गर्दै बैठक सकिने पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।

यसअघि हिजो बसेको बैठकमा समूहगत छलफल भएको थियो ।

उक्त समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्यक्ष रोशन कार्की, मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, बागमती प्रदेशमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष हेमजङ गुरुङ, लुम्बिनी प्रदेशमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संयोजन गरेका थिए, भने यस्तै, कर्णाली प्रदेशमा उपाध्यक्ष मुकुन्दश्याम गिरी तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष उद्धव पौडेलले संयोजन गरेका थिए ।

प्रतिक्रिया