शनिबार, वैशाख २६, २०८३

मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो,अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गछौँ : महासचिव पोखरेल

मेरोन्यूज २०८० पुष ३ गते १०:५९

विराटनगर । नेकपा एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने भएको छ ।

Advertisement
NiccNicc

मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सके लगत्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंगलबार विराटनगरमा नेकपा एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

उनले भने, ‘मध्यपहाडी यात्रा अभूतपूर्व रुपमा सफल भयो, यसबाट हामी उत्साहित छौं । अब पार्टीले हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने निर्णय गर्छ ।’ तर हुलाकी राजमार्ग केन्द्रित यात्रा सुरु हुने मिति भने बताएका छैनन् ।

नेकपा एमालेले गत मंसिर १४ गतेदेखि पुस ३ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाएको थियो । एमालेले पुस ५ गते काठमाडौंमा बैठक बसेर उक्त अभियानको समीक्षा गर्दै छ ।

प्रतिक्रिया