भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

काठमाडौँ । भारतमा कोरोना भाइरसको नयाँ सवभेरिएन्ट जेएन डट वान भेटिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले मङ्गलवार कोरोना भाइरसको नयाँ सवभेरिएन्ट जेएन डट वान पुष्टि भएको जनाएको हो ।
समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै छैन । डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो सवभेरिएन्ट बीए टू डट एट सिक्सको वंशज हो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नयाँ सवभेरिएन्टको संक्रमणबाट ज्वरो आउने, सिगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, पेट दुख्ने र पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् ।
कोरोना भाइरसको स्वरूपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले नेपालमा सतर्कता अपनाउनु पर्ने जनस्वास्थ्य विज्ञको सुझाव छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया