मंगलबार, वैशाख १५, २०८३

मधेस प्रदेशका लागि स्वास्थ्य सेवाका १६० कर्मचारी माग

मेरोन्यूज २०८० पुष ५ गते ९:०७

काठमाडौं । मधेस प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

Advertisement
NiccNicc

छैटौँदेखि नवौँ तह (सर्जनदेखि नर्सिङ अधिकृत)सम्म करारमा भर्ना हुनेगरी निर्देशनालयले १६० जना कर्मचारी माग गरेको हो।

आज (बिहीबार) निर्देशनालयले सूचना जारी गर्दै मधेस प्रदेशमा रहेको प्रादेशिक अस्पतालहरू (मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल, जनकपुरधाम बाहेक)का  लागि आवश्यक रहेका नवौंदेखि छैटौँ तहसम्मका लागि आवेदन आह्वान गरेकाे हाे । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २० गतेसम्म अनलाईनमार्फत् दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया