भरतपुर अस्पतालमा दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु

चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा श्रीराम तिवारीले स्वास्थ्य बीमा बोर्डको पत्रअनुसार बीमा कार्यक्रममार्फत सेवा लिनेलाई विगतमा एक महिनाको औषधि दिने गरिएकामा पुस ४ गतेदेखि आवश्यकतानुसार तीन महिनासम्मको औषधि दिने व्यवस्था मिलाइएको बताए ।
उनका अनुसार उच्च रक्तचाप, मधुमेह, हाइपरटेन्सन, थाइराइडजस्ता दीर्घरोगको औषधि नियमित खानुपर्ने बिरामीलाई यसअघि एकपटकमा एक महिनाका लागि चिकित्सकले औषधि दिँदै आइएकामा अब तीन महिनाको लागि दिने व्यवस्था गरिएको छ ।
नियमित औषधि सेवन गर्नेले बहिरङ्ग सेवाको टिकट लिएर चिकित्सकलाई देखाएपछि मात्रै औषधि खरिद गर्न पाउने गर्दछन् । यसले अत्यधिक भीड हुने गुनासो आएको थियो । स्वास्थ्य बीमाका बिरामीलाई लक्षित गरेर अस्पतालले रिफिल काउन्टर सञ्चालन गरेको छ । अस्पतालमा बिरामीको चाप अत्यधिक भएका कारण बीमाबाट नियमित औषधि लिनुपर्ने बिरामीलाई लक्षित रिफिल काउन्टर सञ्चालन गरिएको डा तिवारीले बताए ।
रिफिल काउन्टर बिहान ७ देखि १० बजेसम्म खुल्ने मेसु तिवारीले जानकारी दिए । यसबाट धेरै बिरामी बीमाबाट औषधि लिनकै लागि भीडभाडमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँले बताउनुभयो । अस्पतालले एकपटक सिफारिस भइआएका सेवाग्राहीलाई सोही रोगको फलोअप गर्दा पुनः सिफारिस नचाहिने जानकारी गराएको छ । यसअघि पुनः परीक्षणका लागि आउँदा सिफारिस लिएर आउनुपर्ने व्यवस्था थियो ।
भरतपुर अस्पतालमा दैनिक तीन हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् । तीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमामार्फत उपचार गराउने हुने गरेका छन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया