शनिबार, वैशाख २६, २०८३

मन्त्री किरातीकाे अभिव्यक्तिप्रति सांसद राणाकाे आक्राेश

मेरोन्यूज २०८० पुष ५ गते १३:००

 काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दिएकाे अभिव्यक्ती  संसदीय समितिमा आलोचना भएको छ ।

Advertisement
NiccNicc

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले मन्त्री किरातीले द्वन्द्व मच्चाउने अभिव्यक्ति दिएको भन्दै माफी माग्नु पर्ने बताएका हुन् । बैठकमा उनले मन्त्री किरातीकै उपस्थितीमा समाजमा ठूलाे द्वन्द्व मच्चाउने कुरा गरेकाे भन्दै सरकारलाइ स्पष्टिकरण दिनु पर्ने बताए ।

मन्त्री किराँतीले बुधबार काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु हो भन्दै क्रिश्चियन धर्मको प्रचार–प्रसार गरेका थिए । जुन अभिव्यक्तिका कारण उनकाे आलोचना भइरहेकाे छ ।

प्रतिक्रिया