शनिबार, वैशाख २६, २०८३

विदेशी सहयोगको सही सदुपयोग गर्नुपर्छ : सभामुख घिमिरे

मेरोन्यूज २०८० पुष ६ गते १४:३१

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरूको सही सदुपयोग नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

Advertisement
NiccNicc

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरू ल्याइरहने क्रम बढेको भन्दै विदेशी लगानी सही ठाउँमा सदुपयोग गर्नुपर्ने बताएका हुन् ।

अहिले विदेशी सहयोगका लगानीहरु आफ्ना उदेश्य उन्मुखमात्र हुने भएकाले यसको गम्भिर निगरानी गर्नुपर्ने उनको भनाइ छ ।

वैदेशिक सहयोगहरूको सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आम जनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने उनले बताए । देशको विकास गर्न विभिन्न वैदेशिक सङ्घ संस्था, राष्ट्र र कार्यक्रमहरूमार्फत आइरहेका सहयोगहरूलाई सरकारमार्फत संसद्मा पेस गर्ने र सांसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा नआएकाले कार्यन्वयनमा लैजान जोड दिनुपर्ने उनले बताए ।

वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा सांसदले प्रभावकारी निगरानी नपुगको उनले बताए ।

प्रतिक्रिया