बुधबार, माघ २८, २०८२

भिजिट भिसा प्रकरणमा थप एक जना पक्राउ

मेरोन्यूज २०८० पुष ७ गते १२:५३

काठमाडौं । नक्कली कागजातका आधारमा ‘सेटिङ’ मिलाएर भिजिट भिसामा विदेश पठाउने एक ट्राभल्स एजेन्सीका संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङका विनोद कार्की छन् ।

उनले एयरलाइन्सलाई प्रतिब्यक्ति दशदेखि १५ हजार र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म दिएर विदेश पठाउने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ ।

भिजिट भिषामा विदेश जान लागेका युवायुवतीको २४६ शंकास्पद कागजात कार्कीले बनाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया