शनिबार, वैशाख २६, २०८३

राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको छ: देउवा

मेरोन्यूज २०८० पुष ७ गते १४:५०

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन्।

Advertisement
NiccNicc

शनिवार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले संकटपूर्ण अवस्थामा सबै एकतावद्ध हुनुपर्ने बताएका हन्।

नेपाललाई समावेशी, समानुपातिक व्यवस्थामा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेसले अहिलेको बेला सबैले मिलेर र खास गरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको बताए । सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पार्टीलाई पूर्ण रूपमा प्रतिबद्ध गराइ बलियो बनाउन लाग्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया