कपिलवस्तुमा एक हजार बढीको निःशुल्क आँखा परीक्षण

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका छन् । महाराजगञ्ज–५ को उदयपुर स्वास्थ्यचौकीमा दुईदिने निःशुल्क आँखा शिविरमा उनीहरुले नेत्र परीक्षण गराएका हुन् ।
महाराजगञ्ज नगरपालिकाको आयोजना तथा छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा शुक्रबार र शनिबार दिउँसोसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविरमा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका नगर प्रमुख अब्दुल कलामले जानकारी दिए । शिविरमा आएका पाँच सय चार जनालाई चस्मा वितरण र एक सय ७२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए ।
शिविरमा मधुमेहका बिरामीका साथै अन्यलाई पनि निःशुल्क औषधि वितरण गरिएको थियो । महाराजगञ्ज नगरपालिकाले प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ ।
















झापा ५ बाट बालेनले गराए उम्मेदवारी दर्ता
साइमेक्स इंकले नक्कली पेज र वेबसाइटविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने
भरतपुर महानगरकी मेयर रेनु दाहालले दिइन् राजीनामा
तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिँदै बामदेव, बर्दिया १ बाट चुनाव लड्ने तयारी
प्रतिक्रिया