शनिबार, वैशाख २६, २०८३

सङ्घीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छः प्रधानमन्त्री

मेरोन्यूज २०८० पुष ७ गते १६:२७

काठमाडौं। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

Advertisement
NiccNicc

शनिबार दिउँसो काठमाडौंको सीतापाइलामा एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो जानकारी दिएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘‘तपाईहरू धेरैलाई सङ्घीय शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासा छ। अहिले संसद अधिवेशन समापन भएको छ। नयाँ अधिवेशन बोलाएपछि पहिलो काम नै सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउन पहल हुन्छ। यो ऐन सरकारको उच्च प्राथमिकतामा छ।’’

‘‘तपाई शिक्षकहरूले आफ्ना माग र मुद्दा सम्बोधन गर्न सडकबाट समेत दवाव दिनुभयो। यसले सरकारलाई सहयोग पुगेको छ’’ प्रधानमन्त्रीले भने, ‘‘तपाईहरूले अहिलेको मस्यौदामा जुन सुझावहरू दिनुभएको छ, त्यसमध्ये जायज र सम्भव मागहरू सम्बोधन गरिनेछ।’’

प्रतिक्रिया